बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ शान्तिरनगर टोलमा हरेक सोमबार साँझमा स्वास्थ्य परिक्षण सेवा दिइदै आएको छ । टोलबासीको पहलमा स्थानीय स्वास्थ्यकर्मी कुलाराम चौधरीले टोटबासीको उच्चरक्तचाप(प्रेसर)को परिक्षण निशुल्क सेवा प्रदान गरिरहेको स्थानीय अगुवा गोविन्द रेग्मीले बताउनु भयो । उहाँ अनुसार शान्तिनगर टोलमा टोलसुधारका लागि यस्ता विभिन्न सेवामूलक काम गर्दै आएको बताउनु हुन्छ ।
नियमित औषधी सेवन गर्ने देखि पूर्वसचेतिकरणका लागि पनि स्वास्थ्य परिक्षण गर्न आउने गरेको टोल सुधार समितिका अध्यक्ष कृष्णबहादुर भडेल बताउनु हुन्छ । विगत २ वर्ष देखि हरेक सोमबार उच्चरक्तचापको परिक्षण गरिरहेका छौं यसै टोलमा सुगरको परिक्षणका लागि पनि प्रयास गरिरहेका छौं संभव भए सम्म जति सक्यो चाँडै यो सेवापनि टोलबासीलाई हप्तामा एक पटक दिने योजना बनाएको बताउनु हुन्छ स्वास्थ्यकर्मी चौधरी ।
शान्तिरगर टोलका सबै बासिन्दाको प्रयासमा आफुले सिकेको सिपले अरुलाई सेवा हुन्छ भने हामी यहाँका स्वास्थ्यकर्मीका साथै विशेषज्ञ डाक्टरलाई पनि टोलमा ल्याएर स्वास्थ्य परिक्षण गराउने योजना रहेको बताउनु हुन्छ चौधरी ।यस टोलमा हरेक शनिबार टोलको सार्वजनिक बाटो सरसफाई पनि टोल बासीले गर्दै आएका छन ।