नगरस्तरीय व्याडमिण्टनमा सुष्मा प्रथम


बाँके । नेपालगन्ज उपमहानगरपालिका स्तरीय अन्तर वडा बाल क्लब सदस्यहरुको १८ वर्ष मुनीका महिला पुरुष व्याडमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको महिला एकल व्याडमिण्टन प्रतियोगिताको उपाधि वडा नं. १३ की सुष्मा श्रेष्ठ प्रथम हुनु भएको छ । उहाँसँगको प्रतिष्पर्धामा वडा नं. ९ की विपना थापालाई सोझो सेटमा २–० मा श्रेष्ठले हराउनु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा असार ९ गते १२ गते सम्म संचालन भएको प्रतियोगितामा विभिन्न वडाका १८ वर्ष मुनीका व्याडमिण्टन खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


बाँके जिल्ला व्याडमिण्टन संघको सहयोगमा उपमहानगरपालिको सहयोगमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा डा.धवल शम्सेर राणाले युवा खेलाडीको प्रोत्सहानका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *