चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना

बाँके ।  मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावनाको पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गद देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको जनाएको हो ।

यस्तै, मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन समेत आग्रह गरेको छ । महाशाखाका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ । यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

श्रावण १९ गते (आईतबार )

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २० गते (सोमबार )

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागकाएक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २१  गते (मंगलबार  )

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा  आंशिक देखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्यूज२४ बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *