थारु समुदायले ‘गुरही पर्व’ मनाउदै

बाँके ।  थारु समुदायको ‘गुरही पर्व’ को दिन हो ।वर्षको पहिलो चाड  पनि हो । नेपालगन्जमा भव्य रुपमा मनाइने भएको छ । यही साउन २० गते परेको थारु समुदायले विशेष पर्वको रुपमा मनाइने गुरही यस समुदायको पहिलो पर्व मानिन्छ । यसकारण पनि तामझामका साथ गुरही मनाउने तयारी रहेको थारु अगुवा बुद्धिजीवीहरुले बताएका छन् ।

थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके र थारु कलाकार मञ्च बाँकेको सयुक्त आयोजनामा हुने गुरही पर्वमा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले जानकारी दिनुभयो ।

यस पर्वलाई भव्य र सभ्य बनाउन विभिन्न जिल्लाबाट नेपालगन्जलाई कर्मथलो बनाएका थारु समुदायका युवायुवती, अगुवा, बुद्धिजिवी, कर्मचारी, नेताहरुलाई समेत उपस्थिति गराएर गुरही पर्व भव्य रुपले मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो ।

थारु जातिहरुका वर्षभरि मनाइने पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो । थारु समुदायमा गुरही मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहिआएको थारु अगुवाहरुको भनाइ छ । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने चौधरीले भन्नुभयो ।

गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उहाँको भनाई छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाउने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । गुरही पर्वदेखि नै चाडपर्व सुरु हुने भएको हुनाले यसलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्ने धारणा थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारुले राख्नुभयो ।

भगतराम थारु,न्यूज२४बाट ।फोटो हमार पौराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *