रेडियो हातेमालोका संचालक सापकोटा लायन्स क्लव अफ खजुराको अध्यक्षमा पदभार

बाँके । रेडियो हातेमालोका संचालक समितिका सदस्य, समाजसेवी एवम् शिक्षाविद् लोकपृय शिक्षक ऋषिराम सापकोटा लाइन्स क्लब अफ खजुराको अध्यक्ष पदभार गर्नु भएको छ । लायन्स क्लव अफ खजुराको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०१८/१९ का अध्यक्ष रोसन सापकोटाले लायन वर्ष २०१९/२० का अध्यक्ष ऋषिराम सापकोटालाई बुधबार एक समारोहका बिच पद हस्तान्तरण गरेका हुन् ।

पदभार हस्तान्तरण कार्यक्रममा वृक्षरोपणका साथै खजुरा गाँपालकाबाट एसइइ परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने ज्ञानोदय नमुना माध्यमिक विद्यालयका छात्र गौरव सापकोटा र जेनिथ सेकेन्डरी स्कुलका छात्रा सन्ध्या गिरिलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै लायन वर्ष २०१९/२० का अध्यक्ष ऋषिराम सापकोटाले आफ्नो कार्यकालमा लागुऔषध दुव्र्यसनि विरुद्धका अभियानहरु सन्चालन गर्ने बताए । अध्यक्ष सापकोटाले यस वर्ष बाल क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमका साथै शैक्षिक विकासका लागि अतिरिक्त क्रियाकलापहरु गर्ने योजना रहेको बताए । ‘यो वर्ष लायन्स क्लव अफ खजुरालाई हालसम्मकै उत्कृष्ठ बनाउने योजना छ’ अध्यक्ष सापकोटाले भने ।

कार्यक्रममा लायन्स क्लवका जिल्ला सल्लाहकार ज्ञानेन्द्र कुमार श्रेष्ठ, मुकुट ढकाल, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *