संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा भट्टराईको सपथ


बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा हेरफेर गर्न लाग्नु भएको छ । नयाँ मन्त्रीको रुपमा नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गर्नु भएको छ । ताप्लेजुङ्गबाट निर्वा्चित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । ।
गत २०७५ फागुन १५ गते तत्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।
बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष केन्द्रीय अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो ।
नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेदवार बन्नुभएको थियो ।
यसअघि दुई पटक पराजित भएपनि यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *