आज खीर खाने पर्व


बाँके । आज साउनको १५ गते खीर खाने चलन र पर्वको रुपमा मनाइने गरिन्छ । यसको धार्मिक रुपमा पनि महत्व त छ, तर कृषिप्रधान देश भएकाले यसको महत्व अझ बढी छ ।
आजभन्दा एकमहिना पहिले अर्थान् असार १५ मा दहीचिउरा खाने प्रचलन थियो । त्यसको एकमहिनापछि खीर खाने प्रचलन छ । यो नेपालमा पहिलेदेखि नै चल्दै आएको चलन भएको जानकारहरु बताउँछन् ।
सांस्कृतिक विद्हरु असार १५ मा दही र साउन १५ मा दूध (खीर)को सम्बन्धलाई प्राकृतिक अवस्थाले पनि प्रभाव पारेको बताउँछन् । असार र साउन दुवै महिनामा हरियोपरियो बढी हुने हुनाले गाई भैँसीले बढी दूध दिने हुँदा दही र दूधका परिकारहरुको प्रचलन यी महिनामा बढी हुने गरेको उनीहरुको तर्क छ ।
रामायणका कथालाई आधार मान्दा दशरथका तीनै जना रानीले खीर खाएर गर्भाधारण गरेका थिए । यतिमात्र होइन हिन्दू धर्माबलम्बीका प्रायः हरेकजसो धार्मिक समारोहमा खीरको महत्व छ । त्यसैको फलस्वरुप झण्डै ९० प्रतिशत हिन्दूहरु भएको मुलुकमा खीरको महत्व ठूलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *