अब पालो सिंगापुरलाई हराउने


बाँके । नेपालले कुवेतलाई सात विकेटले हराएर आइसीसी टि २० विश्वकप एसिया फाइनलको विजेता बन्ने लक्ष्यको नजिक पुगेको छ । बसन्त रेग्मी र सन्दीप लामिछानेको बलिंग र कप्तान पारस खड्काको उत्कृष्ट व्याटिडको सहयोगमा शनिबार भएको खलमा नेपालले राम्रो पदर्शन गरेको छ ।
जितसँगै अङ्कतालिकामा नेपाल दोस्रो स्थानमा उक्लिएको छ । कुवेत विरुद्धको खेल अगाडी नेपाल अङ्कतालिकाको पुछारमा रहेको थियो । तीन खेलबाट दुईमा जित हात पारेर ४ अङ्कसहित नेपाल अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कतारबाट अप्रत्याशित हार बेहोरेको नेपाललाई छनौट हुने सम्भावना कम हुँदै गएको थियो । र अन्य राष्ट्रको प्रदर्शनमा निर्भर हुनपरेको थियो । तर शुक्रबार सम्पन्न खेलहरुमा कतार र कुवेत पराजित हुन पुग्दा नेपालले छनौटको लागि आफ्नै प्रदर्शनमा निर्भर भएको हो ।
नेपालले आफ्नो अन्तिम खेलमा आइतबार सिंगापुरको सामना गर्दैछ । सिंगापुर अङ्कतालिकाको शिर्ष स्थानमा रहेको छ । उसको ५ अङ्क छ । सिंगापुरलाई हराए नेपाल प्रतियोगिताको विजेता राष्ट्र बन्नेछ । र विश्वकप टी ट्वान्टी २०२० को छनौट खेलको लागि एशियाको प्रतिनिधित्व गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *