कुवेतले नेपालविरुद्ध ब्याटिङ, सुरूवति खेल नेपालकाे पक्षमा

बाँके । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।  नेपालले टस जितेर बलिङ रोजेको छ । कुवेतले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।

४ ओभरको खेल सकिँदा कुवेतको स्कोर ३२  रन छ । नेपालका लागि करण केसीले एक विकेट लिएका छन्।  चोटका कारण मलेसियाविरुद्धको खेलमा विश्राम लिएका कप्तान पारस खड्का खेलमा फर्किएका छन् ।

नेपाललाई यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाब छ ।  पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुदद्ध खेल्नेछ । याे खबर अन्नपूर्णमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *