प्रदेश सरकारले सेवा प्रवाहमा चासो दुई कार्यालयमा छड्केमा


बाँके । सेवाग्राहीप्रति ‘गैरजिम्मेवार हुने’ सरकारी कार्यालय बिरुद्ध प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ‘एक्सन’ मा उत्रिएको छ । मंगलबार यातायात व्यवस्था कार्यालयका दुई इकाईमा आज गरेको छड्केमा २१ जना कर्मचारी अनुपस्थित देखिएका छन् ।
यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए । त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनु भयो । अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो । अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको, सबैलाई स्पष्टिकरण सोधिने र स्पष्टिकरण प्राप्त भएपछि अरु प्रक्रिया अघि बढ्ने प्रवक्ता अधिकारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *