नयाँ कर प्रणालीको विरोध


बाँके । आगमी आर्थिक वर्ष देखि लागु हुने कर नीतिको विरोध गर्दै नेपालगञ्ज उद्योग बाणिज्य संघको नेतृत्वमा आज विरोध गदै जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्वका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।
त्रिभुवनचोकबाट शुरु भएको र्याली विपीचोक हुँदै आन्तरिक राजश्व कार्यालय र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र संघका अध्यक्ष नन्दलाल बैश्यले सरकारको ध्यानार्कषण गराउँदै कर प्रणाली अव्यवहारिक र अवैज्ञानिक भएकाले सच्याउनुपर्ने बताउनु भएको थियो ।
नयाँ कर प्रणाली लागु भए उद्योग, व्यवसाय धरासायी हुने व्यवसायीहरुले बताएका छन् । अध्यक्ष बैश्यले माग पुरा नभए आगामी दिनमा चरणबद्ध आन्दोलन हुने चेतावनी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *