नेपालगन्जको सुर्खेतरोडका पसलमा चोरी


बाँके । नेपालगञ्जकोे सुर्खेतरोडका पसलहरुमा शनिवार राती चोरी भएका छन् । रातीको समयमा ति पसलहरु चोरी भएका छन । चोरी भएका पसलमा प्रमोद किराना पसल, भोले बाबा फर्निचर, क्रियटिभ अल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा टे«र्डस, प्रभा किराना पसल, कुञ्ज टे«र्डस र शोभा टे«र्डसमा रहेका छन् ।

चोरी भएका पसलबाट करिब एक लाख नगद र रिचार्ज कार्ड चोरी भएको खुलेको छ । पसलबाट के कति चोरी भएको छ भन्ने खुलेको छैन । प्रहरी बिहान चोरी भएका ठाउँमा गएर अवलोकन गरेको छ । सटरमा लगायका ताल भाँचेर पसलमा भएको नगद पैसा लिएको छ भने जिन्स नलगेको देखिएको छ ।नेपालगन्जमा सिसि क्यामेरा जडान गरिएको भए पनि प्रभावकारी काम नभएको व्यवसायीको गुनासो रहेको छ । ठूलो परिमाणमा धेरै पसलमा एकै पटक चोरी भएकोले व्यवसायीले नियमित र कडा सुरक्षाको माग गरेका छन ।फोटो सुनिल रेग्मीको फेसबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *