स्वच्छ खानेपानीका लागि अभियाननै संचालन गर्नेछौंः अध्यक्ष रुचाल


बाँके । बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले नागरिकलाई संबैधानिक व्यवस्था भए अनुसार स्वच्छ खानेपानीको अधिकार प्रत्याभूत गराउन गाउँपालिका अभियानको रुपमा काम गर्ने बताउनु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गुणस्तरीय पीउने पानी तथा पूर्ण सरसफाई अभियान सम्बन्धी जनप्रतिनिधि र खानेपानीका उपभोक्तालाई जानकारी र सचेतनामूलक कार्यशाला गोष्ठीको शनिबार बैजनाथ गाउँपालिकामा आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष रुचाले आफु र गाउँपालिकाको जनशक्तिले भ्यास सम्म कुनैपनि कसर नराखी काम गर्ने अध्यक्ष रुचालले बताउनु भयो । हामी सबै जीवन भएका प्रणानी र वनस्पतीका लागि समेत प्राणी अनुसारको पानीको खाँचो पर्ने भएकोले यस विषयमा कुनैपनि आनागानी र हेलचक्रायाई नगरी यस विषयमा काम गर्ने बताउनु भयो ।


बाँके जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले पानी, पानीको शुद्धता, पानी परिक्षण विधि, स्वस्थपानी मुहान देखि मुख सम्मको प्रकृयाका बारेमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीलाई अनुशिक्षण दिनु भएको थियो । अनुशिक्षणमा अधिकृत चन्दले पानीको मुहान स्वच्छ भएर नहुने बताउनु भयो । यसका साथै मुख सम्म जाँदाको प्रकृयामा पानीको स्वच्छता कायम हुनु पर्ने बताउनु भयो ।


जिल्ला स्वास्थ्य कार्यालयले बाँके जिल्लाका सबै ८ वटै पालिकामा पानी स्वच्छा र पूर्ण सरसफाईका विषयमा अनुशिक्षण कार्यक्रम संचालन गर्दै आएको जानकारी दिईएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले बाँकेका सबै पालिकामा पानी परिक्षणको साधन आगमी आर्थिक वर्ष सम्ममा उपलब्ध गराउने जानकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।


अनुशिक्षण कार्यक्रममा बैजनाथ गाउँपालिका कार्यालय परिसरका खानेपानीका दुईवटा परिक्षण गरिएको थियो भने अन्य तीन स्थानको पानीको परिक्षण गरिएको थियो । खानेपानी तथा ढल निकास कार्यालय प्रदेश नं. ५ कार्यालय बाँकेका रवीकिरण आर्चायले खानेपानीको नमुना परिक्षण गरी जनप्रतिनिधिलाई समेत देखाउनु भएको थियो । पानीमा रहेको सतोपन(धमिरो, आइरन) आदी तत्काल नै परिक्षण गर्न सकिने भएपनि पानीका लागि अति खराव कोली फर्म भने १८ घण्टामा मात्रै पत्ता लाग्ने आचार्यले जानकारी दिनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी घिमिरे, वडा अध्यक्ष, जिल्ला स्वास्थ कार्यालयका प्रमुख प्रेम खत्री लगायत बजैनाथ गाउँपालिका स्तरका उपभोक्ता समितिका पदाधिकारीको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *