बाँकेको राप्ती नदि खतराको चिन्हभन्दा माथी, डुडुवा र नरैनपुरमा जोखिम हुन सक्ने


बाँके । राप्ती नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि तल्लो तटिय क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेतिर गरिएको मापन अनुसार पानीको सतह ५ मिटर ६० सेन्टिमिटर पुगेको जिल्ला प्रशासन कार्यालयको आपत्तकालिन शाखाले जनाएको छ । पानीको सतह ५ मिटर पुगेपछि ‘खतरा’ मानिन्छ, भने ५ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रका अधिकांश गाउँ डुबाउने निश्चित हुन्छ ।
कुसुममा मापन गरिएको बाढी आउन करिव ३÷४ घण्टा समय लाग्ने भएका कारण तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान अर्लट गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनु भयो । ‘कुसुमको बाढी मापन केन्द्रमा पानीको सतह खतराको चिन्हभन्दा माथी पुगेपछि हामीले एफ.एम रेडियो र स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरेको बताउनु भयो ।
राप्तीको बाढीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहिया, डुडुवा गाउँपालिकाको होलिया, बेतहनीका दर्जनौं गाउँ डुबानमा पर्ने खतरा देखिएको प्रजिअ भुजेलले बताए। गाउँमा बाढी पस्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धार सामग्री सहित तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *