बधाई क्याप्टेन पारस

बाँके । मलेसियाविरुद्ध टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

मलेसियाको किनरारा मैदानमा  भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५० बलमा ८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी शरद भेषवाकरले १६ रनको योगदान गरे। प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, रोहितकुमार पौडेलले ५ रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *