पूर्व सिंचाइ राज्यमन्त्री सुनार सहकारीको अध्यक्षमा निर्वाचित


बाँके । पूर्व सिंचाइ राज्यमन्त्री दलबहादुर सुनार कृषि सहकारी संस्थाकाे अध्यक्षमा निर्वाचित हुनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५मा रहेको चहाना कृषि सहकारीको शनिबार भएको साधारण सभाबाट सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको हाे ।


विगत ४ बर्षदेखि बन्द रहेको कृषि सहकारीको शनिबार भएको साधारणसभाबाट उहाँ अध्यक्षमा चयन भए पछि सहकारीका सदस्यहरू अाफ्नाे गुमेको रकम असुल हुने विश्वास व्यक्त गरेका छन् भन्नु हुन्छ जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम खत्री ।
चार वर्ष देखि बन्द अवस्थामा रहेको सहकारीका तत्कालीन अध्यक्ष भिमप्रसाद पाण्डे र व्यवस्थापक दिदप्रसाद लामिछानेले २सय कृषककाे २५ लाख रकम हिनामिना गरेर सहकारी बन्द भएको हाे । ४ सयभन्दा बढी सदस्य रहेकाे साे सहकारी समस्या ग्रस्त भएपछि सुनार जहाँ समस्या त्यहाँ दलबहादुर हुन्छ भन्ने विश्वासका साथ अध्यक्ष हुनुभएको खत्रकाे भनाइ छ ।
संविधानसभा सदस्य सदस्य समेत रहनु भएका पूर्व सिंचाइ राज्यमन्त्रीकाे अनुभव समेत भएका सुनार करिब दुईबर्ष पहिले स्थानीय प्रभात माद्यामिक विद्यालयकाे अध्यक्ष समेत भएर काम गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *