सञ्चार माध्यम नियन्त्रण हैन नियमन गर्नु पर्छः मन्त्री केसी


बाँके । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।
प्रदेश नं ५ सरकारका मन्त्री केसीले बाँकेको कोहलपुरस्थित सामुदायिक रेडियो प्रतिवोधको १० औं वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्वोधन गर्दै उहाँले सञ्चारमाध्यमले बाहिर ल्याएका जनताका समस्यालाई प्रदेश सरकारले समाधान गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री केसीले जनताका कुरालाई सञ्चारमाध्यममा ल्याएर तीनवटै तहका सरकारलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउने काम गर्न सके सरकार जनतासँग जोडिने बताउनुभयो । मन्त्री केसीले प्रदेशका जनता र मिडियाको साथले सरकारले उपलब्धि हासिल गर्न सफल हुने दावी छ । स्थानीय सञ्चारमाध्यमले जनताको पक्षमा वकालत गर्न सकेमात्रै वास्तविक पत्रकारिता हुनेछ, त्यस्ता सञ्चारमाध्यम प्रवद्र्धनको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने नीति बनाएको छ ।


प्रदेशसभाले जनताका पक्षमा कानून बनाउने प्रयास गरेकाले सञ्चार सम्वन्धि कानून पनि सबैका सुझाव र सल्लाह अनुसार अगाडि बढ्ने बताउदै सञ्चार माध्यमलाई नियन्त्रण नभई नियमन गर्न खोजेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले भविष्य जनतासँग जोडिएकाले जनताको खुशी नै प्रदेशको समृद्धि भएको धारणा राख्नु भयो । जनताका समस्या के छन् त्यसलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्छ, जनताका समस्या समाधान गर्न प्रदेश सरकार सदैव तत्पर रहेको छ ।विभिन्न कठिनायीका बाबजुद प्रदेश सरकारले उच्च आर्थिक वृद्धिदर हासिल गरेको उल्लेख गर्दै निर्वाचनको बेला जनतासामु गरेका वाचा पूरा गर्नेगरी काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य आईपी खरेल, कृष्णा केसी, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत लगायतले सङ्घीयता कार्यान्वयनमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको उल्लेख गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *