मुख्यमन्त्री कार्यक्रमबाट झोला, पोषक र शैक्षिक सामग्री वितरण गरियो


बाँके । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम प्रदेश नं. ५ सरकारको जनतासँग प्रत्यक्ष जोडीएर गरिब, विपन्न र अशिक्षामा, पीडित नागरिकलाई सहयोग गर्ने कार्यक्रमको रुपमा बाँके जिल्लामा स्थापित भएको छ ।
बाँकेको अति पिछडिएको नरैनापुर गाउँपालिकामा आर्थिक रुपले विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री शुक्रबार एक कार्यक्रमकाबीच विपन्न परिवार बालबालिकाहरुलाई झोल, पोषाक र कापी कलम वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ६ को जयकिसान माध्यामिक विद्यालय १ सय ४८ विद्यार्थीलाई प्रदेश सांसद सदस्य कृष्णा केसीले सो सामग्री वितरण गर्नु भयो ।
वितरण कार्यक्रमलाई संबोधन गर्दै सांसद केसीे आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई विद्यालय जानका लागि प्रोत्सहान स्वरुप शैक्षिक सामग्री र पोषाक वितरण गरिएको वताउनु भयो ।


मुख्यमन्त्री शंकर पोखरेल पहिलो पटक त्यस क्षेत्रको भ्रमण गर्दा समेत विद्यार्थीको शिक्षा आर्जनका लागि प्रदेश सरकार जस्तो सुकै सहयोग गर्न सरकार तयार रहेको बताउदै सांसद केसीले मुख्यमन्त्री समेतको प्राथमिकतामा परेको यस क्षेत्रको शैक्षिक स्तर बृद्धिका लागि यहाँ जनताले र शिक्षा क्षेत्रका सरोकारवालाले तयार पारेका योजनालाई प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
यस अघि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमबाट नरैनापुर गाउँपालिकाका विभिन्न वडाका गरिब ४ हजार किसानहरुलाई प्रतिव्यक्ति १५ केजीका दरले उन्नत जातको विउ वितरण गरिएको थियो । ५ सय जना विद्यार्थीलाई झोला, कापी, कलम र पोसाक वितरण गरिएको सो गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साहले बताउनु भयो । गाउँपालिकाका स्तरी कार्यक्रम संचालक समितिका सदस्य सोहनलाल यादवका अनुसार नरैनापुरमा यो कार्यक्रम लागु हुँदा यहाँका लक्षित वर्गका लागि अति सहयोगी भएको र रकम कम भए पनि यसको परिचालन र व्यवस्था प्रसंसायोग्य रहेको बताउनु भयो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले गाउँपालिकाका अति गरिब, विपन्न र आर्थिक रुपले पछाडी परेका परिवारलाई प्रत्यक्ष सहयोग पुग्ने गरी कार्यक्रम संचालन गरिएको बाँके जिल्ला सहजकर्ता केशव चालिसे बताउनु भयो । । उहाँ अनुसार यो कार्यक्रम बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा संचालित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *