पूर्वमन्त्रीसहितका नेता नेकपामा प्रवेश


बाँके । पूर्वमन्त्री कल्पना धमला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नु भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर नेकमामा प्रवेश गर्नु भएको हो ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान स्वागत गर्नु भएको थियो । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपामा प्रवेश गर्नु भएको हो ।
पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाई लगायत केही व्यवसायी र गोरखाका नेता कार्यकर्तासहित २० जना नेकपामा प्रवेश गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *