आज वर्षकै लामो दिन, झण्डै १४ घण्टा

बाँके । आज यस वर्षकै विशेष दिन पर्न गएको छ । आज जून २१ तारिख अर्थात वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुने जानकारी दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सुर्योदय भएको छ भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *