जानकीका ८ सय २५ एकल महिलालाई झुल वितरण गरिदै


बाँके । प्रदेश नं.५ सरकारको कार्यक्रम मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकाको वडा नंं १ र २ मा रहेका एकल महिलालाई आज झूल वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकाले झूल वितरण गरेको हो ।

वडा नं. १ साईगाउँमा १ सय ४० र वडा नं. २ बेलभारमा ७१ गरी २ सय १५ एकल महिलालाई मेडिकेटेड झूल वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बाँकेका जिल्ला सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिका छ वटै वडामा रहेका ८ सय २५ जना एकल महिलालाई मेडिकेटेड झूल वितरण गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *