बजेट कार्यान्वयनमा जुट्न उच्चतहका पदाधिकारीलाई मुख्यमन्त्रीको निर्देशन

बाँके । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

चालु आर्थिक बर्षको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिदै आगामी आबको बजेट कार्यान्वयनको पूर्व तयारीमा जुट्नुस—उहाँले सचिवहरुलाई निर्देशन दिदै भन्नुभयो । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने उहाको भनाई छ । चालु आवको बाँकी समयमा हुने कामको गुणस्तरमा ध्यान दिन पनि उहाँले सचिवहरुलाई निर्देशन दिनुभयो । बजेट कार्यान्वयन गर्न भन्दै हतारमा काम गर्ने प्रवृतिले गुणस्तर कमजोर हुने र अपेक्षित लाभ लिन नसकिने तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । मुख्यमन्त्रीले आगामी आवको बजेट कार्यान्वयनका लागि पूरानो कार्यविधि परिमार्जन गर्नुपर्नृे भए वा नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने भए अहिले नै प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो ।

त्यसैगरी कार्यक्रम कार्यान्वयनको लागि स्थान छनौट गर्नुपर्ने भए असार मशान्तभित्रै छनौट गरी टुंग्याउन पनि उहाँले निर्देशन दिनुभयो । आगामी आवको कार्यक्रम प्रारम्भ गर्नुअघि अन्तर्गतका कार्यालय तथा निकायहरुलाई आमन्त्रण गरी सम्बन्धित मन्त्री र सचिवले प्रत्येक कार्यक्रमको महत्व, अवधारण र कार्यान्वयन विधि सम्बन्धमा अभिमुखीकरण गराउनुपर्ने मुख्यमन्त्रीले बताउनुभयो । त्यसैगरी उहाले कार्यक्रम कार्यान्वयनको दृष्टिले सकारात्मक संगठन संस्कृतिको विकास गर्न, गरिएका कामहरुको प्रक्रिया र प्रतिफलको अभिलेखाङकन गर्न र अभिलेखाङ्कन र प्रतिवेदन प्रणालीलाई डिजिटलाइज गर्दै जान पनि निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *