प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड (पूर्णपाठ)

बाँके । मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका शंकर पोखरेलले प्रदेश नं. ५ को आर्थिक वर्ष ०७६र०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट भाषणमा प्रदेशको बजेट ल्याइएको छ ।

कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश ५ सरकारले आगामी मुख्यमन्त्री पोखरेलले प्रदेशसभा वैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गर्नु भएको हो । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।

प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।

बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *