प्रदेश ५ को बजेट, जेष्ठ नागरिक देखि कृषक मैत्री

बाँके ।प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि आज बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्रालय समेत सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । ‘समृद्ध प्रदेश खुसी जनता’को नारालाई प्रथमिकता दिँदै बजेट ल्याइएको छ ।

८४ वर्ष पुगेका नागरिकलाई घरमै उपचार

प्रदेश पाँचले ८४ वर्ष पुगेका नागरिकलाई विशेष व्यवस्था गरेको छ । आगामी बर्षको बजेटले ती नागरिकको स्वास्थय जाँच घरमै पुगेर गर्ने व्यवस्था मिलाउने व्यवस्था गरेको मन्त्री शंकर पोखरेलले उल्लेख गरे ।

साथै प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ  छुट्याइएको छ । प्रदेश पाँचले  स्वास्थ्य क्षेत्रको विकासका लागि ८४ करोड बजेट छुट्याएको छ ।

नेपालगन्जलाई ‘पर्यटकिय केन्द्र’

प्रदेश नंं. ५ सरकारले लुम्बिनी र नेपालगन्जलाई ‘पर्यटकिय केन्द्र’ बनाउने गरी काम सुरु गर्ने भएको छ । पर्यटकिय विकासका लागि प्रदेश सरकारले यि दुई शहरलाई उच्च प्राथमिकतामा राखेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएको हो । लुम्बिनी र नेपालगन्जलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्नुका साथै अत्याधुनिक प्रविधिसहितको पर्यटन सूचना केन्द्र पनि दुबै सहरमा स्थापना गर्ने घोषणा गर्नु भएको हो ।

कृषी, भुमी व्यवस्था तथा सहकारीको लागि ४ अर्व ७ करोड

कृषी, भुमी व्यवस्था तथा सहकारीको क्षेत्रको लागि ४ अर्व ७ करोड विनियोजन गरिएको छ ।संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले बजेट ल्याएको हो ।

कृषी भुमी र सहकारीको लागि वित्तिय संस्था व्याज अनुदानको लागि १० कारोड रुपैयाँ विनियोजन गरिएको छ । कृषकसँग विद्यार्थी कार्यक्रमको लागि पनि १० करोड विनियोजन गरिएको छ । चक्ला खेतीको लागि ५ करोड विनियोजन गरिएको छ ।

फलफुल उत्पादनको लागि २ लाख विरुवा रोप्नको लागि ६ कारेड विनियोजन गरिएको छ । नयाँ सित भण्डारणको लागि ३५ कारोड विनियोजन गरिएको छ । प्रगरिक खेतीको लागि कृषी पर्वद्धन गरिने उल्लेख गरिएको छ । घाँसेबालिको लागि ५ करोड विनियोजन गरिएको छ । भेटनरी एम्बुलेन्स मार्फत विरामी पशुको उपचार गरिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *