सडक निर्माणका लागि सांसद गौतमलाई मागपत्र पेश

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्वर्गद्वारी टोलका बासिन्दाले आफ्नो ठाउँको विकास निर्माणका लागि प्रदेश सांसद बाबुराम गौतमलाई माग पत्र बुझाएका छन् ।
सांसद गौतमले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका लागि नागरिकका आवश्यकता र मागहरु संकलन गर्दै गाउँवस्ती र वडाहरुमा पुगिरहनु भएको छ । सांसद गौतमले विद्यालय, मदरसा, सडकबाट, खानेपानी लगाएतका समस्याहरु संकलन गर्दै निर्वाचन क्षेत्रमा पुग्दै समस्या संकलन गर्दै आउनु भएको छ ।
नेकपा संसदीय दल प्रदेश नं. ५ ले सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रम नलिने निर्णय गरे पनि सबै जनताको सरकार सम्म पहुँच नपुग्ने भएकोले निर्वाचन क्षेत्र समस्या संकलन गरी प्रदेशको बजेट निर्माणका क्रममा यी मागहरु बजेट तथा कार्यक्रममा पार्नका लागि पहल गर्ने उहाँको धारणा रहेको छ ।


स्वर्गद्वारी टोलका नागरिकले करिब ५ सयम मिटरबाटो निर्माणका लागि पटक पटक विभिन्न निकायमा अनुरोध गर्दा पनि समस्या समाधान नभएको भन्दै तत्काल पक्की सडक निर्माणका लागि पहल गरिदिन सांसद गौतमलाई अनुरोध गरेका थिए । करिब ८० घर बस्ती रहेको यस स्थानको सडक निर्माणका लागि प्रयोजना पार्नका लागि आफुले प्रयास गर्ने सांसद गौतमले बताउनु भएको छ ।
सांसद गौतम सोही वडाको बन्जारे गाउँमा रहेका आधारभुत विद्यालयमा पुगेर विद्यालयको समग्र अवस्थाका अध्ययन गरी बालबालिकासँग सम्वाद समेत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *