बाँकेको डुडुवामा चट्याङबाट आगली ४० वटा घरगोठ जलेर नष्ट

बाँके । बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा आज विहान चट्याङका कारण भीषण आगलागी भएको छ । आगलागीबाट ४० वटा घरगोठ जलेर नष्ट भएको छ ।
विहान सवा १० बजेतिर रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनु भयो । चट्याङ लागेर यादवकी १६ बर्षीया छोरी नन्कु गम्भीर घाइते भएका छन् । फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगोले छोट्की चौफेरीका सबै घरगोठ जलेका छन् ।
आगलागीबाट मानवीय क्षती नभएपनि अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिव ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ । सबै घरगोठ जलेपछि आगो आफै नियन्त्रणमा आएको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *