बाँके दोस्रो स्कुल आइडल आजबाट सुरु


बाँके । बाँके दोश्रो स्कुल आइडल संस्करण शनिबारदेखि अडिसनमा शनिबार देखि छनौट प्रतियोगीबाटमा १७ विद्यालय छनौट हुन सफल भएका छन । ‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराका साथ आयोजना गरीएको बाँके स्कुल आईडल–२०७६ सामुहिक लोक नृत्य प्रतियोगिता दोस्रो संस्करणमा बाँकेका १८ विद्यालयहरुको सहभागिता रहेकोमा १७ विद्यालयलाई दोस्रो चरणको प्रतियोगितामा सहभागिताका लागि छनौट गरीएको मिडिया ल्याव प्रोडक्सन प्रा.लि.का अध्यक्ष एवं छनौट समितिका संयोजक भरत कुमार महतोले बताउनु भयो ।
संयोजक महतोका अनुसार दोस्रो चरणको प्रतियोगिताका लागि भुतपुर्व सैनिक इङलीस मिडियम स्कुल, पञ्चमुखी इङिलस मिडियम स्कुल, दिपक इङिलस मिडिय स्कुल, एविसी रेसिडेन्टल विद्यालय, ब्राइटल्याण्ड उच्च माध्यामिक विद्यालय, वेस्टन माध्यामिक विद्यालय, भेरी इङिलस मिडियम हाई स्कुल, विनायक एजुकेशन स्कुल, जेनिथ माध्यामिक विद्यालय, जय वागेश्वरी उच्च मावि,वजुनियर क्याम्व्रिज, शान्ति विद्या निकेतन, मोर्डन पव्लिक स्कुल, वेस्ट जोन इङिलस मिडियम स्कुल, दिप ज्योती स्कुल, कोहलपुर लिटिल एञ्जल्स र निम्वल इङिलस मिडियम स्कुल छनौटमा परेका छन । छनौटमा परेका विद्यालयहरुले दोस्रो चरणको प्रस्तिस्पर्धाको लागि आउने हप्ताको शनिबार सुनाखारी रेष्टुरेन्टमा विहान नौ बजेबाट आफ्नो प्रस्तुती दिनेछन ।
अडिसनमा बरिष्ट नृत्य निर्देशक सुन्दर गुरुङ, के.वि.शाही, राकेश गुरुङ, संचारकर्मी समिरमान श्रेष्ठ, मधु पौडेल, मिस नेपालगंज २०१५ कि सुमन थापा लगाएतको उपस्थिति रहेको थियो । नेपालगन्जमा स्कुल आईडल संचालन गर्दै आएको छ । प्रतिष्पर्धामा प्रथम हुने बिद्यालयले १ लाख १ हजार, द्धितियले ७१ हजार र तृतिय टिमले ५१ हजार नगद पुरस्कारका साथै ट्रफी समेत प्राप्त गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *