डुडुवाको प्रशासन धितालको नेतृत्वमा


बाँके । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद धिताल आउनु भएको छ । धिताल जुम्लाको तिला गाउँपालिकाबाट डुडुवामा आउनुभएको हो ।

यस अघिका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीको सरुवा भएपछि धिताल आउनु भएको हो । धितालसँग विगत लामो समयदेखि स्थानीय तहमा काम गरेको अनुभव रहेकाले आउनै वित्तिकै गाउँपालिकाको सेवा प्रवाहमा सहजता आएको छ ।

केही महिनादेखि कार्यालयको सेवा प्रवाहमा असहजता देखिएकाले उहाँ आएपछि कार्यालयको सेवा तिब्र रुपमा सुचारु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगतका सम्पुर्ण योजनाहरुको अहिले निमार्ण कार्य शुरु भएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *