दाईजोको नाममा निधन


बाँके । जानकी गाँउपालीका वडा नं ३ इन्द्रपुर निवासी राधेश्याम कुर्मीको २१ वर्षिया छोरी निराको हत्या गरीएको परीवारले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । निराको गत वर्षको वैशाखमा डुडुवा गाँउपालीका वडा नं ३ वनकट्टीका २२ वर्षिय राम मनोहर कुर्मीसँग विवाह भएको थियो ।
विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटक पटक कुटपिट गर्ने गरेको निराले माइतिलाई वताउनु भयो । रामनोहर र उनको परीवारले मरणासन्न हुने गरी कुटपिट गरेपछि माघ १ गते भेरी अस्पतालमा भर्ना गरीएको थियो । विवाहमा ७ लाख रुपैया खर्च गरेका माइतिले छोरीमाथिको अन्याय सहन नसकेर यहि वैशाखमा पुनः १ लाख वरावरको सोफा, दराज लगायतका सामग्री राममनोहरलाई दिएको राध्यश्यामले बताउनु भयो ।
त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राम मनोहरले वैशाखमै पुनः कुटपिट गरेका थिए । वारम्वार कुटपिट हुन थालेपछि न्याय माग्दै माइतिपक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिए । महिला सेलमा राममनोहरले माफि मागेर यो गल्ती नदोहो¥याउने भन्दे निरालाई घर लगेका थिए । तर यहि जेष्ठ २ गते अपराह्न ४ वजे निराले आत्महत्या गर्नु भएको हो ।
यो आत्महत्या नभएर उनिहरुले नै हत्या गरेको निराका वुवा राधेश्यामले बताउनु हुन्छ । उहाँहरुले हत्यारालाई कडा भन्दा कडा कारवाहिको माग गरेका छन् । अहिले राम मनोहरलाई प्रहरीले पक्राउ गरीसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *