डुडुवा गाउँपालिकाको नानापुरमा पर्यटकीय स्थल निर्माणमा गरिदै

वडा अध्यक्ष र सचिबसँग पार्क निर्माणका विषयमा छलफल गर्दै सिद्धिविनायक लायन्स क्लबका पदाधिकारी

बाँके । डुडुवा गाउँपालिका वडा न.५ को नानापुरको बाबुकुवा वन परिसर भित्र निर्माणाधिन सिद्धिविनायक लायन्स पार्क निर्माणका लागि वडापालिका र क्लबका पदाधिकारीहरुबीच गहन छलफल भएको छ ।
स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले यस स्थानलाई पार्क निर्माणका साथै बहुउद्देश्यीय स्थनलको रुपमा निर्माण गर्न लागेको छ । वडा अध्यक्ष परशुराम बुढाथोकीका अनुसार पार्क निर्माणका लागि केही पूर्वाधारहरु तयार भएको र पोखरीलाई व्यवस्था समेत हुन लागेको बताउनु भएको छ ।

नानापुरको २ विघामा क्षेत्रफलमा रहेको पोखरी

पार्क सँगै रहेको करिव २ विघामा पोखरी समेत रहेको छ । सो पोखरीको विचमा रहेको बोटलाई मन्दिर निर्माण गरी पर्यटकका लागि पुजा गर्ने स्थान पनि निर्माण कार्य भइरहेको छ । पोखरीमा माछा पालन गरिने छ र पोखरीकोबीचमा धार्मिक आस्था राख्नेका लागि मन्दिर निर्माण गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
बाबुकुवा सामुदायिक वन क्षेत्रमा आश्रयस्थल, दुईवटा शौचालय, पार्क र स्तम्भ निर्माण भई सकेको छ अबको प्राथमिकता पोखरीलाई व्यवस्थित गर्ने हो भन्नु हुन्छ सिद्धिविनायक लायन्स क्लबका अध्यक्ष मिनबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
लायन्स क्लबले तीन वर्षिय गुरुयोजना सम्पन्न गर्नका लागि सबै सरोकारवाला पक्ष, जनप्रतिनिधि र वडाबासीलाई अनुरोध समेत गरेको छ । यसका साथै यस क्षेत्रमा होमस्टे निर्माणका लागि समेत वडापालिकाले स्थानीयलाई प्रोत्सान गर्ने वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
सर्वपक्षिय बैठकमा वडा अध्यक्ष, लायन्स क्लव सिद्धिविनायकका अध्यक्ष लगायत पूर्व अध्यक्ष र सदस्य, वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, वडा सदस्य र त्यसका सम्बन्धि विज्ञ र स्थानीयबासीको संयुक्त भेला बसी नानापुर वावुकुवा वन परिसर भित्र निर्माणाधिन सिद्धिविनायक लायन्स पार्कलाई छिटोभन्दा छिटो पूर्वाधार निर्माण गरी उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ भन्ने बिषयमा वुहद छलफल गरिएको सिद्धिविनायक लायन्स क्लबका पूर्व चिरन्जीवी ढकालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *