वडा नं. ६ स्तरीय क्रिकेटमा फुल्टेक्रा यङ्ग च्याम्प विययी


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्तरीय दोस्रो क्रिकेट टुनामेन्टमा फुल्टेक्रा यङ्ग च्याम्प प्रथम भएको छ । प्रतिष्पर्धी ब्याल्यक म्याउले च्याम्पलाई दिएको १४० रनको लक्ष्यलाई पछ्रयाउदा ८३ रनमा नै म्याउ अलआउट भएको थियो
च्याम्प उदित भट्टराईको कप्तानीमा थियो भने म्याउ महेश दर्लामीको कप्तानीमा थियो । समेटिएको थियो । खेलमा १० वटा समूहले सहभागिता रहेको थियो । म्यान अफद म्याच च्याम्पका कप्तान भट्टराई हुनु भएको थियो ।


विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले फुल्टेक्रामा रहेको ताललाई अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउने सरकारको योजना रहेकोेले यस कार्यमा स्थानीय वडा नं. ६ बासीले भरपुर सहयोगले मात्रै सो कार्य सम्पन्न हुने बताउनु भएको थियो ।
वडा नं. ६ले हरेक वर्ष अन्डर १९ का युवाको प्रतिभालाई सहयोग पुग्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष समिर प्रताप सिंहले बताउनु भयो । खेलाडीलाई सिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *