१४ सय विद्यार्थीको भविष्यका लागि राजनीतिमा नाफाघाटको हिसाब गर्नु छैनः अध्यक्ष कार्की

                                                                              भुमिहिनलाई संझाउदै अध्यक्ष कार्की

बाँके । आदर्श माध्यमिक विद्यालय रहेको जमिन वायुसेवा निगमले अतिक्रम गरी रनवेय बृद्धि गर्ने भएपछि विद्यालय राँझा चोकबाट गायत्री नगरमा सर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्की र विद्यालय व्यवस्थापन समितिको पहलमा हाल गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई संचालन भएको छ ।
आदर्श माध्यामिक विद्यालयको नाममा रहेको ३ बिघा १४ कठ्ठा २४ धुर जग्गा सुकुम्बासीका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका छन । घरटहरा बनाएका मध्य कुचबधिया लगाएत साँच्चिकै भुमिहीनलाई विद्यालयको उत्तरतर्फको ऐलानी जमिनमा स्थानान्तर गरीएको छ ।

गायत्रीनगरको विद्यालय

विद्यालयको जमिनमा बसेका भुमिहिन भए नभएको पहिचान गर्न नेपालगन्ज उपहानगरपालिकाले केही पहिले छानविन समिति बनाएर ४४ घरपरिवारलाई भुमिहिन नै भएकोले वडाले १५ लाख सहयोग गरी घर टहरा व्यवस्थापन गर्न लागेको अध्यक्ष कार्कीले बताउनु भयो ।
विद्यालयको जमिन अतिक्रमण गर्ने बाँकी परिवारलाई विगत २ वर्ष देखि अतिक्रमित जमिन छोड्न भनिएको छ । मेरो बाध्यता हो, भोट यो बस्तीकाले पनि मलाई दिनु भएको थियो तर विद्यालयमा अध्ययन गर्ने १४ सय बालबालिको भविष्यका लागि मलाई राजनीतिमा नाफाघाटको हिसाब गर्नु छैन । बालबालिको अध्ययनका लागि म जस्तो सुकै अवसर गुमाउन तयार छु । विद्यालय गायत्री नगरमा स्थापना गरेरै छोड्छु ।

                                                         राँझा चोकको विद्यालय एरपोर्ट विस्तारमा अतिक्रमणमा परेको छ

पहिले विद्यार्थी संख्या पनि कम, सडक जाम नहुने र एरपोर्टको पनि कुनै बाधा नभएको समयमा राँझा चोकैमा स्थापना गरी ६ कठ्ठामा विद्यालय संचालन भएको थियो । अहिले १४ विद्यार्थी अध्ययनरत छन भर्नाका लागि परवेश परिक्षा लिएरका विद्यार्थी समेतलाई भौतिक पूर्वाधार अभावको कारण भर्ना गर्न नसकिएको अवस्था रहेको कार्की बताउनु हुन्छ ।
विभिन्न बहानामा तत्कालिन माओवादी युद्धका बेला बसेका साँच्चिकै भुमिहिन नागरिक भए पुनस्र्थापनाका लागि सहयोग गर्न सकिन्छ तर विद्यालयको जमिन अनिक्रमण गर्न कसैलाई पनि छुट नहुने कार्कीको धारणा रहेको छ । अटेरी गर्ने, विद्यालय स्थापनामा विरोध गर्नेलाई नियमानुसारको कारवाही हुने छ ।

                                                                               विद्यालयको जमिनमा बनाएका घरटहरा स्थानान्तर गर्दै भूमिहिनहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *