मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखलाइ ज्ञापन पत्र


बाँके । नेपाल पत्रकार महासंघले सभामुखलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखलाइ ज्ञापन पत्र बुझाको छ ।महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्यूत, हुन जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्था लगायतले काउन्सिललाई स्वयायक्त नभई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने भन्दै ती व्यवस्था हटाउनुपर्ने माग गरे ।

उनले आफूहरुको आन्दोलन सरकार विरुद्ध र लोकतन्त्र विरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पारे । प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *