वडा नं. २० मा वनस्पति उद्यान निर्माण हुदै(नक्शा सहित)


बाँके । प्रदेश नं.५ सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा वनस्पति उद्यान निर्माण गर्दैछ । प्रदेश सरकारले १ कराेड ५० लाख लागतमा निर्माण गर्न लागेको छ । वडा नम्बर २० काे राँझा स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा उक्त उद्यान बन्ने भएको वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयाे ।

वनस्पति उद्यान निर्माणका लागि ठेक्का प्रक्रिया सुरू भईसकेकाेले ताेकिएकाे समयमा निर्माण हुने छ । डिभिजन वन कार्यालय बाँकेले बैशाख १८ गते नै ठेक्का प्रक्रिया सुरू गरेको डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले वताउनु भयाे । वनस्पति उद्यान निर्माणका लागि प्रदेश सरकारकाे अार्थिक सहयोग, नेपालगन्ज उपमहानगरपालिकाले डिपिआरको जिम्मा रहेकाे छ भने व्यवस्थापनको अरु जिम्मा सामुदायिक वनले गर्नेछ ।

उद्यानमा दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धन, यहाँको वातावरणसँग मेल नखाने जातका विरुवाहरुलाई पनि हरितगृहमा राखेर विशेष हेरचाहका साथ राखिने, स्वदेशी शोभनीय फूलबिरुवा अनुसन्धान, मौसमी शोभनिय फूलबिरुवा बेर्ना उत्पादन, प्रर्दशनी स्थल स्थापना, शैक्षिक वाटिका ब्यवस्थापन गर्ने जस्ता महत्वाकांक्षी उद्देश्य रहेको अध्यक्ष कार्कीले जानकारी दिनु भयाे ।

उद्यानमा वनस्पतिको अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी एवम् मनोरञ्जन स्थलको रुपमा घुम्न आउन सक्नेछन । उद्यानलाई शैक्षिक केन्द्रको साथ साथै पर्या—पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गरिनुका साथै उद्यानले वनस्पति र मानवबीचको युगौँदेखिको अन्योन्याश्रित सम्बन्धबारे पनि सचेत गराउन मद्दत गर्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *