वडा नं. ६ ले शैक्षिक सामग्री वितरण


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ले फुल्टेक्राम माध्यामिक विद्यालयमा शैक्षिक सामग्री आज वितरण गरेको छ ।
फुल्टेक्रा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपी, पेन्सिल, इरेजर वितरण गरिएको छ । सामग्री विरण गर्दै वडा अध्यक्ष समिर प्रताप सिंहले विद्यालयलाई जति सक्दो सहयोग गर्ने वताउनु भएको छ ।

२०११ सालमा स्थापना भएको विद्यालयको खेल मैदान र अन्य आवश्यकीय जमिन नभएकोमा अध्यक्ष सिंह चिन्तित हुुनु हुन्छ । उहाँले आवश्यक सहयोग विद्यालयको मात्रै नभएर आउने सन्तानको भविष्यका लागि भएको उहाँको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर बर्माले सिमित विद्यार्थीलाई मात्र भन्दा पनि यस प्रकारको सहयोग विद्यालयमा कार्यरत सबै बालबालिकालाई सहयोग गर्न सल्लाह दिनु भएको थियो । विद्यालयम प्रधानाध्यपक मोहमद शमीम कुरैशीले प्राप्त शैक्षिक सामग्री पारदर्शि र आवश्यकताका आधारमा वितरण गरिने बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *