जमुनहा नाका बैशाख २१ देखी २४ गते बिहान सम्म पूर्णरुपमा बन्द

बाँके ।   नेपाल–भारतको नेपालगञ्ज नजिक रहेको जमुनहा नाका बैशाख २१ गते शनिबार बिहान देखी २४ गते बिहान सम्म पूर्णरुपमा नाका बन्द गरिएको भारतिय सुरक्षाकर्मिहरुले जानकारी दिनुभएको छ ।भारतमा हुने लोक सभा निर्बाचनको बिषयलाई लिएर नेपाल–भारत सिमा बन्द गरिने भएको हो ।

नेपाल–भारत सिमा नजिक भारत रुपैडिहाका थाना प्रभारी मधुप नाथ मिश्रका अनुसार भारतिय निर्बाचन आयोगको निर्देशन बमोजिम नेपाल –भारत सिमा नाका बन्द गरिने जानकारी दिनुभएको छ ।

नेपालमा पनि निर्बाचनको क्रममा नेपाल–भारत सिमा नाका बन्द गरिएकोमा अति आवश्यक परेका हकमा मतदानका दिन बाहेक अन्य दिनमा स्थानिय सुरक्षाकर्मिहरुको सहयोगमा आवतजावतमा केही ब्यवस्ता गरिएको थियो ।

भारतमा लोक सभा निर्बाचनको लागी भारतिय निर्बाचन आयोगले ७ चरणमा ३६ राज्य तथा उप–राज्यका ५४२ वटा लोक सभा निर्बाचनका लागी ७ चरणमा निर्बाचनको लागि मतदान मिति तोकेको छ । हाल सम्म ४ चरणका तोकिएका मिति अप्रिल ११, १८, २३ र २९ मा गरि ३७३ सिटमा मतदान सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *