बढैयाताल गाउँपालिकामा सूचना तथा संचार प्रविधि दिवस मनाइयो


बाँके । डिजिटल नेपाल विकास र समृिद्दको आधार भन्ने नाराका साथ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस आज बर्दियाको बढैयाताल गाउँपालिकामा भव्य रुपमा मनाईएको छ ।
बढैयाताल गाँउपालिका सूचना तथा संचार प्रविधि शाखा द्वारा आयोजित कार्यक्रममा सूचना प्रविधिको महत्व र यसको प्रयोगका जानकारी समेत गराईएको थियो । विषयमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले अबको दुनिया सूचना र प्रविधिको सही प्रयोग गर्न सकेमा यसले मानव कार्य र विकास निर्माण सहयोग गर्ने वताउनु भयो ।
अध्यक्ष श्रेष्ठले प्रविधिको विकास हुनु स्वाभाविक रुपमा राम्रो भएपनि प्रयोग गर्ने तौरतरिकाले यसको प्रभावकारीताका असर पार्ने वताउनु भयो । यो दिवसका लागि मात्रै भन्दा पनि दैनिक रुपमा उचित प्रयोग गर्नु पर्ने बताउनु भयो ।
दिवसका दिन माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा माध्यामिक तहमा सरस्वती माध्यामिक विद्यालय जमुनी प्रथम, दिप ज्योति माध्यामिक विद्यालय द्वितिय र सरस्वति माध्यामिक विद्यालय जगतिया तृतिय भएका छन । विजेतालाई गाउँपालिका अध्यक्ष श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *