क्षेत्रीय महिला सम्मेलन ७ बुदें घोषणा पत्र जारी गर्दै सम्पन्न


बाँके । अन्तर्राष्ट्रिय श्रमिकदिवस मे १ को अवसरमा नेपालगञ्ज उपहानगरपालिका, एक्सनएड नेपाल, महिलाअधिकार मञ्च र हातेमलो संचार समूहको संयुक्त सहकार्यमा गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णालीप्रदेश र सुदूरपश्चिम प्रदेशका श्रमिकमहिला,अधिकारकर्मी तथा अभियान्ताको सम्मेलन नेपालगञ्ज सम्पन्न भएको छ ।

सम्मेलनमा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले राननीतिक रुपमा महिला अधिकार र प्रतिनिधित्वका सवाल संवैधानिक रुपमा व्यवस्था भए पनि व्यवहार र मानसिकतामा अझै पनि महिला प्रति हेप्ने परम्परा कायम रहेको वताउनु भयो । प्रदेश सरकारले नीति विधिका आधारमा नै महिलाको हक अधिकार सुनिश्चित गर्ने र श्रमिक महिलाको सम्मानका लागि नागरिक समाज र स्थानीय सरकारसँगको सहकार्यमा काम गर्ने वताउनु भयो ।

मन्त्री वरालले महिला सहभागिता देखाउनका लागि मात्रै भएको छ अब व्यवहारमा अनुभुति गर्ने गरी यसका पक्षमा प्रदेश सरकारले काम गर्ने वताउनु भयो । संस्कार र संस्कृतिका नाममा रहेका कुसंस्कार अन्त्य गर्नका लागि सरकार नागरिक साझेदारीमा काम गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले महिलाबादी भनेको पुरुषको विरोध नभई महिलाको पक्षमा पैरवी गर्नु हो । महिलाको पहुँच, क्षमता र प्रतिनिधित्वमा सुनिश्चिता गर्नु र हुनुु हो । महिलालाई विभेदमुक्त, क्षमतावान, सहभागिता, उत्तरदायित्व जस्ता कार्य महिलाको पक्षमा भएभने मात्रै महिलाका पक्षमा काम भएको मान्नु पर्दछ निर्देशक माथेमा वताउनु भयो ।

नारीबादी नेतृत्वका बारेमा कम बुझाइका कारण पनि महिलालाई अरु(पुरुष)सँगको प्रतिष्पर्धामा दाँज्नु र महिला र पुरुषबीचको प्रतिष्पर्धासँग दाँज्न आवश्यक नरहेको उहाँले बताउनु भयो । नारीबादी नेतृत्व भनेको नारीको क्षमता, प्रतिनिधित्व जस्ता विषयमा क्षमतावान बनाउने विषयमा बुझन आग्रह समेत गर्नु भयो ।
सम्मेलनमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । महिलाको आत्मसम्मान सहितको श्रम, न्यायोचित तथा समान ज्याला र सुरक्षित कार्यस्थलः अवस्था र सरोकारवालाहरुको भूमिका विषयमा अधिवक्ता पदम पाण्डेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने महिलाको पारिश्रमिक विनाको हेरचाहमूलक कामको पहिचान, सम्मान तथा न्यूनिकरणको लागि विकल्पहरुको निर्माणका विषयमा महिला अधिकारकर्मी सुनिता तिवारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

पहिलो कार्यपत्रमा शान्ति ढकाल र दोस्रो कार्यपत्रमा रेणुका मल्ल ठकुरीले टिप्पणी गर्नु गर्नु भएको थियो । भने सहभागि श्रमिक महिलाले आफ्ना भोगाई र व्यवहारका बारेमा विचार समेत गरिएको थियो ।
सम्मेलनले ७ बुद्दे नेपालगन्ज घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा ऐक्यवद्धता जनाउदै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले हस्ताक्षर गरी सो घोषणा पत्र कार्यान्वयका लागि प्रतिवद्धता जनाउनु भएको थियो ।

नेपालगञ्ज घोषणा पत्र २०७६
१. महिलाश्रमिकको समान र न्यायोचितजीवननिर्वाहकालागिउचितज्याला(पारिश्रमिक) को नीतिगतव्यवस्थातथाप्रभावकारी कार्यान्वयन गरिनुपर्ने । साथै कार्यस्थलमासमानकामको समानव्यवहार र समानमुल्यांकनहुनुपर्ने ।
२. रोजगारकर्ताले लिखित सम्झौताकाआधारमा श्रमिकलाई कार्र्यस्थलमाकाम गराउनु पर्ने ।
३. विश्व स्वास्थ्यसंगठनको प्रावधान र संबैधानिकस्वास्थ्यको अधिकार कार्यान्वयनकालागिअनिवार्य नीतिगतशर्त र सुविधाको       सुनिश्चित  गरिनुपर्ने ।
४. कार्यस्थलमाहुने सबै प्रकारका हिंसा, असुरक्षा र प्रजन्न सम्बन्धीसामाजिकसुरक्षाको लागिनीतितथा सुनवाईको संरचनानिर्माण हुनुपर्ने ।
५. श्रमिक र रोजगारकर्ताको कामको अनुगमन, मुल्याङ्कन, समयमाज्याला÷पारिश्रमिकभुक्तानीको अनिवार्य व्यवस्था गरिनु पर्ने । साथै योगदानको आधारमा श्रमिकलाई स्थानीयतहले सीप तथाक्षमताविकासकाकार्यक्रम गरिनु पर्ने ।
६. सरकारका सबै तहमानीतिगत रुपमाअनौपचारिक र असंगठित क्षेत्रको पहिचान गरी श्रम परिचयपत्रतथाश्रमिक मैत्रीनीतिअविलम्बबनाउनु पर्ने ।
७. लैङ्गिकमैत्री सार्वजनिक सेवाहरु मार्फत् महिलाको पारिश्रमिकबिनाको हेरचाहमूलककार्यबोझन्यूनिकरण गर्न रणनैतिकपहलगर्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *