बाँकेका नरैनापुर र बजैनाथमा १५ शैयाको अस्पताल बन्ने


बाँके । बाँकेको नरैनापुर र बैजनाथ गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापना हुने भएका छन । सरकारले निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क सेवा दिर्ने उद्देश्यले हरेका गाउँपालिकामा १५शैयाको अस्पताल स्थापना गर्न लागेको हो ।

पहिलो चरणमा बाँकेका ८ वटा पालिका मध्ये दुई वटामा मात्रै अस्पताल निर्माण गर्न लागिएको हो । नरैनापुरको लक्ष्मी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल बनाइने भएको छ । बैजनाथ गाउँपालिकाको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पाताल बनाउने भएको छ । नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो । आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।


पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५÷०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *