कोही पनि विद्यालय बाहिर रहने छैनः अध्यक्ष गुप्ता


बाँके । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई बिद्यालय पुगाऔं भन्ने नारा सहितको व्यानर लिएर जानकी गाउँपालिका वडा नं. २ का अध्यक्ष वडा चन्द्रिका प्रसाद गुप्ताको अगुवाई विद्यालय भर्ना अभियान संचालन भएको छ ।
सरकारले कुनै पनि विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नहुँन भन्ने उद्देश्यले देशैभरी विद्यालय भर्ना अभियान बैशाख महिना भर संचालन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । विद्यालय भर्ना अभियानमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समाजसेवी सहितको टोलीले वडा नं. २ का विभिन्न बस्तीमा पुगेर हरेक घरघर पुगी विद्यालय उमेरका बालबालिका लागि स्कुल भर्ना गराउन अनुरोध गरिरहेका छन् ।


वडा अध्यक्ष गुप्ताका अनुसार सबै बालबालिका यस पटक विद्यालयमा पुगाउने छौं जसले आफ्ना बालबालिका विद्यालय भर्ना गराउदैन त्यस घरमा फेरी पुगेर अनुरोध गरेरै विद्यालयमा भर्ना बनाउने वताउनु हुन्छ । यदि कसैले अटेरी गरेमा समाज र वडापालिकाको सहयोग कुनैपनि हातमा विद्यार्थी विद्यालय बाहिर नहुने वातावरण गराउने गुप्ताले बताउनु भयो ।


नेकपाका स्थानीय नेता रामबरण वर्माले यो बर्ष विद्यालय भर्नालाई जुन कुनै अवस्थामा पनि पूर्ण रुपमा कार्यान्वयन गराउने र कुनै बालबालिका विद्यालय बाहिर नहुने बताउनु भयो । हरेका दिन भर्ना अभियानमा घरघर पुगेर अभिभावकलाई संझाई बुझाइ गरिरहेको वताउने वर्माका अनुसार वडा नं. २ मा प्रयाप्त मात्रमा विद्यालय सहित मदरसा समेत भएकोले कोही पनि शिक्षा आर्जनबाट बाहिर नहुने वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *