अस्तुले जीवन प्राण हाल्दैन, राजतन्त्र पनि अस्तु हाे: मन्त्री पण्डित


बाँके । संघीयता कार्यान्वयनको महत्त्वपूर्ण कार्य मध्येको राष्ट्र सेवक कर्मचारीको तीनै तहमा समायोजन भएकोले सरकारले गरेको काम महत्त्वपूर्ण भएको संघीय सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताउनु भएको छ ।
कर्णाली प्रदेशको मुगु जानका लागि अाज नेपालगन्ज अाउनु भएका मन्त्री पण्डितले नेपालगन्जमा प्रेस संगठनले अायाेजना गरेको पत्रकार भेटघाट कार्यक्रम अाफ्नाे विचार व्यक्त गर्नु भएको हाे ।

सरकारले कर्मचारी संमायाेजनका लागि गरेको काम संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण खुड्किलाे भएको वताउदै मन्त्री पण्डितले अहिले समायोजनका विषयमा अाएका बजार हल्ला ९० प्रतिशत मनका वह पाेख्नका लागि भएको बताउनु भयो । यी सबै गुनासा ९० प्रतिशतकै कुनै पनि गुनासा नरहने गरि समस्या समाधान गरिने मन्त्री पण्डितले वताउनु भयाे ।

सरकारले नागरिकलाई साँच्चिकै सुखि र समृद्धि बनाउने महाअभियानकाे अगुवाइ गरेकोले सबै नेपाली याे अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्ने अवस्था अाएकाे वताउनु भयो । अब कसैले उल्टोबाटाे हिड्ने प्रयास गर्नुकाे अर्थ छैन, राजतन्त्र अस्तु भईसकेकाले पुन: अस्तुमा जीवन अाउन नसक्ने दावी गर्नु भयाे ।

नयाँ युगको थालनीमा केही अप्ठेरो जस्तो महसुस गर्नु स्वभाविक हाे, तर अब नेपाल नेपालीका लागि मात्रै हैन विदेशी लागि पनि ज्ञान अार्जन गर्ने थलो भएको छ । अाज दुनियाँका मानिस शान्ति प्रकृयाकाे अध्यक्ष गर्न अाउने गरेका छन् याे हाम्रो उपलब्धि हाे ।
मन्त्री पण्डितले अब नेपालमा दुनियाँका मानिस गणतन्त्र कार्यान्वयनका उपलब्धि अध्यक्ष गर्न अाउने थलो बन्ने गरि सरकारले काम गर्ने वताउनु भयो ।
सरकारले यश वर्षका मुख्य कार्यक्रम सेवा प्रवाह र विकास तिर्व्रगतिले गर्ने छ, भने अागमी वर्ष पर्यटन विकासका लागि काम गर्ने वताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *