जानकी गाउँपालिकामा नेकपा स्थापना दिवस मनाइयो


बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जानकी गाउँपालिका कमिटि बाँकेले पालिकास्तरी ७० औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । पालिकाका विभिन्न वडाबाट नारा जुलुश सहित आएका कार्यकर्ता सभामा परिणत भएको थियो ।
बाँके जिल्लामा नेपालमा कम्युनिस्ट पार्टीको सबै भन्दा पुरानो सदस्य प्राप्त गर्ने रोमहर्ष धिताललाई सम्मान गरिएको थियो । सम्मानित व्यक्ति धितालले आफु कम्युनिष्ट हुनको कारण आवश्यकता र वर्तमान अवस्थामा पार्टीको कार्यक्रम र कार्यनीतिका विषयमा कार्यकर्तालाई संबोधन गर्नु भएको थियो । गाउँपालिका कमिटिले माओबादी युद्धमा मृत्यु भएका परिवारका सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।


कार्यक्रम नेकपा प्रदेश नं. पाँचका सदस्य डम्बर विकले पार्टीले लिएको नीति कार्यक्रममा सबै सदस्य अनुसासित भएर पालन गर्नु पर्ने वताउनु भयो । पार्टी स्थापनाका अवसरका राजनीतिक लडाईमा प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र सकारका काम नागरिक सम्म पुगाउन सबै कार्यकर्तालाई अनुरोध गर्नु भयो । नेकपाका जिल्ला नेता डिल्ली बि.सीले गरिब, विपन्न र पछाडी पारिएका वर्गका हितमा काम गर्नका लागि कम्युनिष्टको स्थापना भएको वताउनु भयो । नेपालमा आम गरिब, गाउँले नागरिक, किसान र दैनिक श्रम गर्ने र असक्तहरुको पक्षमा काम गर्ने एक मात्रै सरकार कम्युनिष्ट भएको दावी गर्नु भयो ।
कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष भुमिसर धितालले विकास निर्माणमा सबै नागरिकलाई समान अवसर र सेवा दिन गरी गाउँपालिकाले काम गरेको वताउनु भयो । कार्यक्रममा रक्षाराम वर्मा, किशोर थापा, वडा अध्यक्षहरु चन्द्रिका गुप्ता, रमेक बर्मा, विसश्राम वर्मा लगाएत संवोधन गर्नु भएको थियो ।
स्थापना दिवसको अध्यक्ष गाउँपालिका कमिटि अध्यक्ष पदम धितालको अध्यक्षता भएको थियो भने संचालन सचिब नारायण गिरीले गर्नु भएको थियो ।
वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य लगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । आजकै दिन अप्रिल २२ मा लेनिन जन्मिएको दिनमा पनि लेलिन जयन्ति पनि मनाईयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *