काेहलपुर वडा नं. ६ ले जेष्ठ नागरिकलाई सम्मान


बाँके । कोहलपुर  नगरपालिका वडा न ६ ले  जेष्ठ नागरिकहरुलाई  सम्मान गरेको छ । वडा नं. ६  मा २०  जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ  ।

कार्यवाहक वडा अध्यक्ष खडक वहादुर शाही र कोहलपुर  नगरपालिकाका उपमेयर सुन्जु कुमारी थारुले   जेष्ठ नागरिकलाइ छाता , टर्च लाइट र हर्लिक्स सहित  दोसल्ला ओढाएर  सम्मान गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएकी कोहलपुर नगरपालिकाकी उप मेयर सन्जु कुमारी थारुले गत साल जेष्ठ नागरिकको निशुल्क  स्वास्थ्य परिक्षण  गरिएको थियो  भने  यसपटक  नगरपालिकाले जेष्ठ  नागरिकको स्वास्थ्यको ख्याल गर्दै  छाता , टर्च लाइट र हर्लिक्स  बितरण गरिएको बताउनु भएको थियो ।
कार्यक्रममा नेकाका नेता लुट वहादुर खत्री र समाज सेवी राम प्रसाद थारुलेले यस्ता  कार्यक्रमले जेष्ठ  नागरिकको  मनोवल बढने  बताउनु भएको थियो ।

जेष्ठ नागरिक यसरी सम्मानित हुदा  आफुहरुलाई  निकै  खुसी  लागेको  प्रतिक्रिया दिएका थिए ।  कार्यक्रमको सन्चालन वडा न ६ का वडा सचिब दामोदर शर्माले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *