राष्ट्रपति भण्डारी ८ औं राष्ट्रिय खेलकुदक उद्घाटन नेपालगन्ज आउदै

बाँके । राष्ट्रपति विद्या भण्डारीले आज साँझ ६ बजे ८ औं राष्ट्रिय खेलकुदको नेपालगन्ज रंगशालामा भव्य समारोहकाबीच उद्घाटन गर्नु हुने छ । उद्घाटन कार्यक्रमका लागि राष्ट्रपति दिउसो १ बजे नेपालगन्ज आउने कार्यक्रम रहेको आयोजकले वताएको छ ।

उद्घाटनका लागि आयोजनकले सम्पूर्ण तयारी भएको वताएको छ । राष्ट्रिय खेलकुदको उद्घाटनका लागि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रीहरु, संघीय सांसद र प्रदेश सभा सदस्य, खेलकुदका पदाधिकारी लगायतका खेलकुद सम्बद्ध व्यक्ति खेलाडी लगायतको उपस्थिती रहने छ ।
८ औं राष्ट्रिय खेलकुदका लागि सर्वसाधारणलाई ५ बजे भित्र रंगशाला परिसरमा प्रवेस गरी सक्नु पर्ने आयोजकले बताएको छ । उद्घाटन कार्यक्रममा विभिन्न झाँकी, भेषभुसा, बाजा सहितको आम नागरिकले राष्ट्रपतिलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *