पत्रकार पुष्करलाल श्रेष्ठको निधन

बाँके । नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा श्रेष्ठको निधन भएको हो।

६० वर्षीय श्रेष्ठको पाँच महिनाअघि  मृर्गौलाको पत्थरी र नाकको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पश्चात विभिन्न समस्या देखापरेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनलाई जिबिएस भाईरस संक्रमण भएको आशंकामा अस्पतालले  थप उपचारको लागि भारतको हरियाणास्थित मेदान्त अस्पतालमा रिफर गरेको थियो ।

मेदान्तमा दुई महिना उपचार गरेपछि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएपछि पुनः थप उपचार नर्भिक अस्पतालमा गरिएको थियो ।

पछि चिकित्सकको सल्लाहमा उनलाई उनको निवास भैंसेपाटीमा राखेर नै फिजियोथेरापी लगायतका उपचार गरिंदै आएको थियो ।

अवस्था गम्भिर भएपछि पुनः उनलाई उपचारका लागि नर्भिक अस्पतालमा राखिएको थियो । उनको उपचारका क्रममा वुधवार विहान १२ बजे निधन भएको हो ।

कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेका श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा थिए।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव दिउँसो १ बजेदेखि भूगोल पार्कमा राखिनेछ। उनको आजै अन्त्येष्टी गरिने पनि पारिवारिक स्रोतले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *