राष्ट्रपति भण्डारीले नयाँ वर्षमा शुभकामना

बाँके । राष्ट्रपति बिदादेवी भण्डारीले नयाँ बर्षले ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँवर्षले सबैमा थप उर्जा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ । नयाँ बर्षको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

‘विसं २०७५ साल संघीय शासन प्रणालीअनुरूपको कानून निर्माण एव संस्थागत सुदृढिकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भयो। हाम्रो मुलुकको राष्ट्रिय संकल्प “समृद्ध नेपाल सुखी नेपाली”को साझा लक्ष्य प्राप्त गर्न विसं २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ।ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँवर्षले सबैमा थप उर्जा प्रदान गरोस,’ राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले समृद्ध नेपाल निर्माणमा अन्तराष्ट्रिय जगतको साथ पाउने बिश्वासपनि ब्यक्त गर्नुभएको छ । ‘प्राकृतिक एव साँस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधिन र स्वाभिमान राष्ट्रको रुपमा विश्वमान चित्रमाअंकित छ।नयाँ वर्षको अवसरमा सबै नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आव्हान गर्दछु। मलाई विश्वास छ, नेपाल र नेपालीको यो दृढ संकल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउनेनै छौँ,’ राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

उहाँले नयाँ वर्ष २०७६ मुलुकमा समृद्धि र दीगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस भन्दै सबैमा हर्सोल्लासको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *