प्रधानमन्त्रीले भोलि बिहान ७ बजे सम्वोधन गर्नुहुने

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर भोली देशवासीका नाममा सम्वोधन गर्नुहुने भएको छ । नयाँ वर्षको अवसर पारेर उहाले विहान प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

‘नवबर्ष २०७६ सालको सु–अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (२०७६ बैसाख १ गते) बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’ उहाले भन्नुभयो ।

सम्वोधनका क्रममा उहाले सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका भिजन लगायतका विषयमा स्पष्ट पार्ने बताइएको छ ।यो खबर जनता टाईमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *