ब्राउनसुगर सहित दुई युवक पक्राउ


बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं १४ बाट जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नंं. ९ बस्ने बर्ष २१ को सुनिल कुवंर र जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं ५ बस्ने बर्ष २० को नारायण बिकलाई बिशेष सूचनाको आधारमा ३ सय मिलिग्राम लागु औषधी ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *