आज चैते दशै

बाँके । चैते दशै आजका वर्तालुहरू विभिन्न धार्मिक स्थानमा गएर पुजा गर्ने गर्दछन । नेपालगन्जकाे बागेश्वरी मन्दिरमा वर्तालु घुईचाे लाग्ने गर्दछन ।

अाजका  दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गर्नुभएको थियो । उहाँले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । उहाँको जन्म भएको सम्झनाका आधारमा रामनवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *