विकासका लागि युवालाई अनुशिक्षण

बाँके । कमैया महिला जागरण समाजले राजपुर नगरपालिकाका युवालाई एकदिने युवाका सवालमा अनुशिक्षण शुक्रबार सम्पन्न गरेकाे छ ।
नगरपालिकाका दस वडाबाट प्रतिनिधित्व गर्ने युवाहरूको सहभागी रहेको थियोे । युवा नेतृत्व विकासका लागि सहकार्य परियाेजना अन्तरगत २६ जना युवालाई अनुशिक्षण दिईएकाे थियाे । सबै क्षेत्रका युवालाई प्रतिनिधित्व गराई उनिहरूका नेतृत्व विकास गर्दै स्राेत तथा स्थानीय, विकास निर्माणमा युवाको सहभागी गराउने प्रमुख उदेश्यका साथ उनिहरूलाई संगठित र प्रशिक्षित गरिने वताउनु हुन्छ कमैया महिला जागरण समाज कार्यक्रम निर्देशक मानबहादुर डाँगी वताउनु भयाे ।
कार्यक्रममा एक्सनएड नेपालका देवेन्द्र सिंहले युवा समाज परिवर्तन र अाफ्नाे भविष्य बनाउन क्रियाशिल हुनु पर्ने भएपनि समाजमा उल्लेख याेगदान दिन सक्ने वताउनु भयाे । स्थानीय स्तरकाे विकासमा अनिवार्य रूपमा युवाको सहयोग र सहभागिता हुनु पर्ने सिंहले वताउनु भयाे ।
कमैया महिला जागरण समाजकी अध्यक्ष बिष्णी थारूले युवा संगठित भएर समाजमा रहेका विभेद अन्त्य गर्न सक्ने वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *